Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिहार शुरु भएसँगै बढ्यो बुटवल बजारमा चहलपहल

तिहार शुरु भएसँगै बढ्यो बुटवल बजारमा चहलपहल

  • 1.9K
    SHARES

  • तिहार शुरु भएसँगै बढ्यो बुटवल बजारमा चहलपहल

    बुटवल,कार्तिक ५ ।

    नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको हो । बुटवलको अमरपथ, ट्राफिकचाेक, बसपार्क, हाटबजार लगायतका क्षेत्रमा सर्वसाधारणको चाप उल्लेख्य छ ।

    शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरू सजाइएको छ । मखमली र सयपत्री फूलले बजार ढाकिएको देख्न सकिन्छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ ।

    तिहारमा प्रयोग हुने सामानहरु मध्ये झिलिमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।

    लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।raju-gurung.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology