Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सिटिजन लाइफ इन्स्याेरेन्स देवदहद्वारा मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग

सिटिजन लाइफ इन्स्याेरेन्स देवदहद्वारा मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग

  • 1.0K
    SHARES

  • सिटिजन लाइफ इन्स्याेरेन्स देवदहद्वारा मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग

    बुटवल,कार्तिक ४ ।

    सिटिजन लाइफ ईस्योरेन्स देवदह शाखाले मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग गरेको छ ।

    कम्पनीले स्थापनाको ५औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार बुटवलस्थित मानव सेवा आश्रमका आश्रितलाई भोजन गराउनुका साथै आश्रमलाई आर्थिक सहयोग गरेको हो । कम्पनीले एक औपचारिक कार्यक्रमकाबीच भोजन गराउनुका साथै आर्थिक सहयोग गरेको हो । कार्यक्रम सिटिजन लाइफ इन्सुरेन्स देवदहकी प्रमुख विनिता श्रीस ईस्योरेन्सका क्षेत्रीय प्रमुख दुर्गाराज ढकाल ले संयुक्त रुपमा सहयोग प्रदान गरेका हुन ।

    सो अवसरमा देवदहकी शाखा प्रमुख श्रीसले कम्पनीको वार्षिकोत्सवको अवसरमा सामाजिक दायित्व अन्तर्गत आश्रममा रहेका आश्रितलाई भोजन र आश्रमलाई आर्थिक सहयोग गरेको बताइन् । साथै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाइन् ।

    कम्पनीका क्षेत्रीय प्रमुख ढकालले स्थापना दिवसको अवसरमा कम्पनीले देशैभर विभिन्न कार्यक्रम गरिरहेको जनाए । आश्रममा भोजन र सहयोगसँगै रुपन्देही लगात देशभर सहयोग,रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको उनले जनाए ।

    सहयोग रकम ग्रहण गर्दै आश्रमकी शाखा प्रमुख  सरु अधिकारीले विभिन्न दाताहरुको सहयोगबाट नै आश्रम र आश्रममा आश्रितहरुलाई राहत पुगेको बताइन् । उनले सिटिजन लाइफ इन्सुरेन्सले गरेको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको जनाइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology