Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा टिभिएस एनटर्क १२५ रेस एक्सपी,अभिनेता प्रदिप खड्काले गरे सार्वजनिक

बुटवलमा टिभिएस एनटर्क १२५ रेस एक्सपी,अभिनेता प्रदिप खड्काले गरे सार्वजनिक

  • 2.1K
    SHARES

  • बुटवलमा टिभिएस एनटर्क १२५ रेस एक्सपी,अभिनेता प्रदिप खड्काले गरे सार्वजनिक

    बुटवल,कार्तिक ४ ।

    टिभिएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी बुटवलमा लन्च गरेको छ । टिभिएस एनटर्क १२५ रेस एक्सपीको टिभिएस एनटर्कका ब्रान्ड एम्बेसडर अभिनेता प्रदिप खड्काले बिहिवार अनावरण गरेका हुन् । जगदम्बा मोटर्सले नेपालको विभिन्न स्थानहरुमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिरहेको छ ।

    कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिलो भोइस– असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल समेत भएको रिजनल म्यानेजर धनिराम भुसालले बताए ।

    टिभिएसको यो नयाँ मोडलमा कनेक्टिभिटि प्ल्याटफमको साथ–साथै, प्रयोकर्ताको सहजताको लागि राइड मोडहरु छान्ने सुविधा पनि समावेश गरिएको टिभिएसले उनले बताए छ । १२५ सिसि सेग्मेन्टमा १० एक भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो ।

    युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायतालेनेभिगेशन, राइड मोड चेन्ज, कन्सोलको ब्राइटनेस कन्ट्रोल जस्ता १५ प्रकारका कमान्ड सजिलै प्रयोग गर्न सकिन्छ ।

    यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइएको छ ।

    यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्ने टिभिएस कम्पनीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology