बुटवल,कार्तिक ३ ।
रुपन्देही क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गर्नुको कारण माग गरेको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगलाइ उम्मेदवारी खारेज गर्नुको कारण मागेको हो ।
भुसालले निवेदनमा उम्मेदवारी खारेजीको निर्णय बदर गर्न माग गरेको भएपनि सर्वाेच्चले उक्त आदेश दिन भने ईन्कार गरेको छ।
भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो।सोहि उजुरीपछि उनको निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेजपछि भुसालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
सोहि निवेदनमाथी विहिबार भएको सुनुवाईमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन ईन्कार गरेको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)