Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले उपाध्यक्ष विष्णु पौडेल भन्छन्-‘विकास र शान्तिका लागि मलाइ जिताउनुस्’

एमाले उपाध्यक्ष विष्णु पौडेल भन्छन्-‘विकास र शान्तिका लागि मलाइ जिताउनुस्’

  • 2.7K
    SHARES

  • एमाले उपाध्यक्ष विष्णु पौडेल भन्छन्-‘विकास र शान्तिका लागि मलाइ जिताउनुस्’

    बुटवल,कात्तिक २ ।

    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेलले एमालेबाट मात्रै देशको विकास र समृद्धि सम्भव भएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन क्षेत्र २ रुपन्देहीको भेलालाई बुधवार संवोधन गर्दै नेता पौडेलले विकासका मुद्दामा कसैले राजनीति गर्न नहुने बताए । 

    ‘सडक,सिंचाई,शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले देखेका छन्, एमालेको जीतलाई कसैले रोक्न सक्दैन,’ उनले भने ।

    पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रिम प्रोजेक्ट अगाडि सारेको उल्लेख गर्दै ती प्रोजेक्टहरू अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए ।

    उनले विकास र शान्ति मूल एजेण्डा रहेको बताए । उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए ।

    रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको मंसिर ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology