Logo बिहिवार, आश्विन १ गते २०८३
images

बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना,६ जनाको मृत्यु

बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना,६ जनाको मृत्यु

  • 2.2K
    SHARES

  • बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना,६ जनाको मृत्यु

    बझाङ,कार्तिक २ ।

    बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१-००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो। 

    जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो। उहाँका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन। अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो।

    मृतकको सनाखत हुन बाँकी छ। घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन्।

    सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो। भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन्।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology