Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्य पार्टी परित्याग गरी १७६ जना एमालेमा,विष्णु पौडेलले स्वागत गरे 

अन्य पार्टी परित्याग गरी १७६ जना एमालेमा,विष्णु पौडेलले स्वागत गरे 

  • 2.0K
    SHARES

  • अन्य पार्टी परित्याग गरी १७६ जना एमालेमा,विष्णु पौडेलले स्वागत गरे 

    बुटवल,कार्तिक २।

    विभिन्न पार्टी परित्याग गरी १७६ जना एमाले प्रवेश गरेका छन् । बुटवल–११, हात्तीसुँढका अगुवा नेताहरुसहित एमाले प्रवेश गरेकाहरुलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले स्वागत गरे ।

    नेकपा माओवादी केन्द्रका नेताद्वय राजु शाही र विशाल राना, नेकपा एकीकृत समाजवादी निकट महिला संघकी बुटवल नगर सचिव राधादेवी अधिकारीजनता समाजवादी पार्टीका नेता सुनिल न्यौपाने, जसपा बुटवल–११ का वडासचिव प्रविनकुमार काफ्लेलगायत एमाले प्रवेश गरेका हुन् ।

    त्यस अवसरमा बोल्दै उपाध्यक्ष पौडेलले विकास र समृद्धिको एजेण्डा बोक्ने पार्टी एमाले मात्रै भएकाले विवेक पु¥याएर मतदान गर्न आग्रह गरे । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पौडेलले अधुरा आयोजना पूरा गर्न र रुपन्देहीलाई देशकै रोलमोडलको रुपमा विकास गर्नका लागि आफूले अगुवाई गर्ने बताए ।

    एमाले पोलिटब्यूरो सदस्य एवं रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले लुम्बिनी प्रदेशको मुहार फेर्नका आफूले उम्मेदवारी दिएको भन्दै एमाले, जसपा र राप्रपाबीचको सहकार्यले आगामी चुनावमा सत्तरुढ गठबन्धन परास्त हुने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology