Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठन प्रतियोगितामा आर्मी च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठन प्रतियोगितामा आर्मी च्याम्पियन

  • 2.1K
    SHARES

  • नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठन प्रतियोगितामा आर्मी च्याम्पियन

    बुटवल,कार्तिक १  ।

    गण्डकी प्रदेशमा "एकताबद्ध देश, खेलकुदकाे सन्देश" नाराका साथ असोज  २८ गते देखि शुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत आईतबार १७ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका खेलहरु पाेखरामा  साेमवार सम्पन्न भएको छ ।  

    साे प्रतियोगिता कार्तिक २९ गतेबाट प्रारम्भ भएको थियो ।  साेमबार संचालन  भएको  पुरुष शारीरिक सुगठन खेलकाे ८० किलो तौल समूहमा विभागीय टाेली नेपाल आर्मीका  ललित धिमालले स्वर्ण पदक जित्दाै गर्द सशस्त्र प्रहरी बलका राकेश श्रेष्ठले रजत  र  नेपाल प्रहरीका रत्न सुन्दर ङाकुशी  कास्य पदक हात पारे ।

    त्यस्तै गरि ८० किलो  भन्दा माथिकाे तौल समूहमा  नेपाल आर्मी कै उमेश राइले स्वर्ण लुम्बिनी प्रदेशका बिष्णु निसाद रजत र  सशस्त्र प्रहरी बलका आदित्य ठाकुर काँस्य  पदका चित्त बुझाए ।

    पुरुष फिजिक्स बिधा तर्फ १७० सेमी तलकाे समुहमा गण्डकी  प्रदेशका  प्रदिप रेग्मीले स्वर्ण जितेका छन् भने नेपाल पुलिस क्लबका सुकदेब कार्कीले ले  रजत तथा  सशस्त्र प्रहरी बलका  किरण सुबालले कांस्य पदक प्राप्त गरे । यसैगरी प्रतियोगिता अन्तर्गत १७० सेमी माथि काे समुहमा  प्रदेश न १ का अवतार श्रेष्ठले स्वर्ण पदक सशस्त्र प्रहरी बलका निहाल जाेशीले रजत र  नेपाल प्रहरी क्लबका सुरज डंगोलले काँस्य पदक जिते ।


    पहिलो पटक  राष्ट्रिय खेलकुदमा समावेश गरिएको महिला खुला शारीरिक सुगठनमा सशस्त्र प्रहरी बलका पुजा श्रेष्ठले संवरण पदक जित्दै गर्दा नेपाल आर्मीकी ज्याश्मिन लामा रजत र प्रदेश न १ की रजनी श्रेष्ठ काँस्य पदक हात पारिन् ।

    महिला बिधा तर्फ कै माेडल फिजिक्समा नेपाल आर्मीकि श्वेता कपाली स्वर्ण, बाग्मती प्रदेशकि राेजिना ख्यामाली रजत तथा नेपाल पुलिस क्लब कि सनम मुलगुठी काँस्य पदक जित्न सफल भइन्।

    शारीरिक सुगठन खेल संयाेजक  शिवलाल श्रेष्ठकाे अध्यक्षतामा  भएको उक्त प्रतियोगितामा तथा नेपाल शारीरिक सुगठन संधका उपाध्यक्ष दिनेश राजभण्डारीलेले संचालन गर्नु भएको थियो ।  उक्त कार्यक्रम पाेखरा सभागृहमा संचालन भएको थियो । 
     शनिबार संचालन गरिएको प्रतियोगितामा ५५ किलो तौल समूहमा  बलामी  प्रथम भए भने नेपाल आर्मीका किशन दास दिवाकरले  रजत तथा  लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पदक हात पारे ।

    ६५ किलो तौल समूहमा  गण्डकीका  असिम गरुँगे  ले स्वर्ण जिते भने  लुम्बिनीका नबराज डुम्रेले रजत तथा सुदुर पश्चिमाञ्चलका सुनिल चन्दले कांस्य पदकमा चित्त बुझाए । ७० किलो तौल समूहमा  विजेता   नेपाल आर्मीका प्रजजब मान शाक्य  प्रथम  मधेस प्रदेशका किरण यादब दाेश्राे तथा लुम्बिनी प्रदेशका बिजेन्द्रमान श्रेष्ठ तृतीय  बने । ७५ किलो तौल समूहमा त्रिभुवन आर्मीका नरेश मालाकार ले  जिते भने  मधेस प्रदेशका शन्नि आजम दाेस्राे तथा बाग्मती प्रदेशका याेगेश शाही तृतीय स्थानमा चित्त बुझाए ।

    प्रथम,दाेश्राे र तेस्रो हुने खेलाडीलाई मेडम प्रमाणपत्र प्राप्त गरे भने  प्रथम हुने खेलाडीले २५ हजार नगद समेत प्राप्त गरे । पुरस्कृत खेलाडीलाइ नेपाल शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष राजेशबाबु श्रेष्ठ,NBBFA का  उपाध्यक्ष दिनेश राजभण्डारी , महासचिव राजन श्रेष्ठ तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, कपिलवस्तु जिल्ला अध्यक्ष जीवन गिरी, भक्तपुर जिल्ला संध अध्यक्ष बाबुकाजी शाक्य, कास्की जिल्ला संध अध्यक्ष शंकरमान उदास तथा NFBF कास्की जिल्ला संधका  अध्यक्ष राकेश जाेशी लगायतले पुरस्कार प्रदान गरे ।

     

    fitness.jpg

    साे प्रतियोगितामा २० जना निर्णायकहरु निर्णय प्रक्रिया मा सहभागी रहेको जुरी मेम्बर प्रतापकाजी बरियाले जानकारी दिनु भयो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन बिभागीय टाेलीबाट ११ वटा इभेन्टमा ९४ जना खेलाडीहरु काे सहभागीता रहेको तथा  नेपाल आर्मीले प्रतियोगिता ५ स्वर्णसहित कुल ५९ अंक ल्याएर टिम च्याम्पियनसिप ट्रफी हात परेको  रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology