Logo बिहिवार, आश्विन १ गते २०८३
images

विकल्पविना सुकुम्बासीका घर टहरा भत्काउन हुदैँन : गृहमन्त्री बालकृष्ण खाँण

विकल्पविना सुकुम्बासीका घर टहरा भत्काउन हुदैँन : गृहमन्त्री बालकृष्ण खाँण

  • 1.4K
    SHARES

  • विकल्पविना सुकुम्बासीका घर टहरा भत्काउन हुदैँन : गृहमन्त्री बालकृष्ण खाँण

    बुटवल,कार्तिक १ ।

    गृहमन्त्री बालकृष्ण खाँणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकहरूका घर टहरा भत्काउन नहुने बताउनु भएको छ ।

    रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरू अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरू त्यस्तै अवस्थामा बस्न पाउनु पर्ने बताउनुभयो ।

    उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्यो विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नु पर्ने बताउनु भयो ।अहिले मुलुकभरका केही नगरपालिकाले महत्त्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्बासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणको यस्तो धारणा आएको  हो ।

    उहाँले आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताउनु भयो ।खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आवद्ध नेताबारे टिकाटिप्पणी गर्नुको औचित्य नभएको बताउनुभयो ।

    बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै उहाँले त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताउनुभयो । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषि उपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाइजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने बताउनुभयो ।

    यस्तै खाँणले आजै बुटवल वडा न १४ र १५ मा समेत सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ  । उहांले अहिलेको गठबन्धनले देश र संविधान र संसदको रक्षा गरेको धारणा राख्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology