Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही क्षेत्र नं ३ : गठबन्धनद्वारा प्रचार प्रसार तीव्र

रुपन्देही क्षेत्र नं ३ : गठबन्धनद्वारा प्रचार प्रसार तीव्र

  • 1.5K
    SHARES

  • रुपन्देही क्षेत्र नं ३ : गठबन्धनद्वारा प्रचार प्रसार तीव्र

    भैरहवा,असोज ३१ ।

    नेपाली कांग्रेसको नेतृत्वमा रहेको एकीकृत नेकपा माओबादी, लोकतान्त्रीक समाजबादी पार्टी, राष्ट्रिजनमोर्चा र नेकपा एकीकृत समाजबादीको सयुुक्त गठबन्धन रुपन्देही क्षेत्र नं ३ रुपन्देहीले प्रचार प्रसारलाई तिव्र पारेको छ ।

    यो क्षेत्रबाट प्रतिनीधी सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ क मा लोकतान्त्रीक समाजबादी पार्टीका सन्तोस पाण्डे र प्रदेश सभा ख मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार रहनुुभएको छ । उहाँहरुलाई बिजयी बनाउन गठबन्धनले क्षेत्र अन्तरगतका ३६ मध्ये ३३ बटा बडामा सयुुक्त प्रचार कार्यालयहरु स्थापना गरेको छ ।

    भने बाँकी बडामा मगंलवार स्थापना हुुने नेपाली कांग्रेसका क्षेत्रीय सभापति शुुसिल गुुरुङ्गे जानकारी दिनुुभयो । पहीलो चरणको प्रचार कार्यक्रम अन्तरगत गत २७ गते प्रचार कार्यालय स्थापना सुुरु गरेको थियो ।

    प्रचार कार्यालयहरु स्थापनका क्रममा गठबन्धन प्रति जनताको बिस्वास रहेको र उत्साह देखीएको उहाँले बताउनुुभयो । गठबन्धनलाई बिजयी बनाउन गठबन्धनका सवै घटक एक जुट भएर प्रचार प्रसारमा जुटेको उहाँले बताउनुुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology