Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गायक पुरुषोत्तम पौडेलको ‘झिलिमिली तिहार’ बजारमा (भिडियो)

गायक पुरुषोत्तम पौडेलको ‘झिलिमिली तिहार’ बजारमा (भिडियो)

  • 1.7K
    SHARES

  • गायक पुरुषोत्तम पौडेलको ‘झिलिमिली तिहार’ बजारमा (भिडियो)

    बुटवल,असोज २९ । 

    तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक पुरुषोत्तम पौडेलले देउसी–भैलो गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायक  पौडेल,गायिका सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले स्वर भरेका छन् ।

    गायक पौडेलको लय र शिव पौडेलको शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ । सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गर्नुभएको हो । गीतलाई कपिल लामाले निर्देशन गर्नुभएको छ ।

    गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान् चाडका समयमा देउँसी भैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले नागरिक अनलाइनलाई  जानकारी दिनुभयो । 

    बजारमा आएपछि साे गीतको चर्चा पनि शुरु भएको छ ।

    गीतमा शब्द यस्ता छन् :-

    ‘आयो हजुर देउसी र भैलो’

    ‘यही घरमा गर्नलाई रमाइलो’   

    ‘यही घरमा आएऔँ ज्यान फालेर’

    ‘अँध्यारोमा लालटिन बालेर’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology