Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अपांगता भएका व्यक्तिहरुद्वारा नमुना मतदान

अपांगता भएका व्यक्तिहरुद्वारा नमुना मतदान

  • 1.5K
    SHARES

  • अपांगता भएका व्यक्तिहरुद्वारा नमुना मतदान

    बुटवल,असोज २९ । 

    ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवल १५ दुर्गा भवानी प्राथमिक विद्यालयमा भएको नमुना मतदान कार्यक्रममा विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरु र सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।

    आगामी निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई आफ्नो मताधिकारको सहज प्रयोग, अपांगतमैत्री संरचना र मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी सहित नमुना मतदान गरिएको नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले बताउनुभयो । नमुना मतदान कार्यक्रममा ह्लिचियर प्रयोगकर्ता, दृष्टिविहिन, शारिरीक अपांगता, बहुअपांगता, न्यून दृष्टिविहिन लगाएत अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    निर्वाचन आयोग द्धारा उपलब्ध गराइएको नमुना मतपत्रको प्रयोग गरी निर्वाचन अधिकृत, पर्यबेक्ष्ँक, प्रतिनिधी लगाएतको व्यवस्था गरी नमुना मतदान गरिएको थियो ।

    उक्त नमुना मतदान कार्यमा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको पहुंच परियोजनाका रुपन्देही जिल्ला अधिकृत लक्ष्मी पाण्डेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology