बुटवल,असोज २९ ।
रोटरी सूचना केन्द्र स्थापनाका लागि बनाइएको भवनको साँचो हस्तान्तरण भएको छ। पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति प्रसाद पाण्डेले रोटरी बुटवल साउथ क्लवका अध्यक्ष टंकनाथ अधिकारी लाई साँचो हस्तान्तरण गर्नु भएको छ।
लुम्बिनी प्रदेश सरकार पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालय को आ ब २०७८-७९ को बजेटबाट रोटरी सूचना केन्द्र स्थापना गरिएको हाे ।
साे अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति प्रसाद पाण्डेले रोटरी मार्फत विश्व भरी भएका गतिविधि र नेपालमा समेत रोटरीका बारेमा अध्ययन एबम् जानकारीका लागि भवन उपयोगी हुने बताउनुभयो।
उक्त भवनमा रोटरी बुटवल साउथले निकट भविष्यमा रोटरी सूचना केन्द्रका रूपमा संचालन गर्ने छ । रोटरी क्लव बुटवल साउथका निवर्तमान अध्यक्ष ई ध्रुव धिताल ले प्रदेश सरकारले सामाजिक संस्था मार्फत पर्यटन विकाशमा हातेमालो गर्ने कार्यक्रम अन्तर्गत यो योजना सम्पन्न भएको जानकारी गराउनु भयो।
सचिब ज्ञानेन्द्र गिरीको सञ्चालन भएको उक्त कार्यक्रमका ध्रुव धितालले स्वागत मन्तब्य र भुपेन पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)