Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पाल्पामा अरिङ्गाल पोल्दा रुखबाट खसेर एक जनाको मृत्यु

पाल्पामा अरिङ्गाल पोल्दा रुखबाट खसेर एक जनाको मृत्यु

  • 1.4K
    SHARES

  • पाल्पामा अरिङ्गाल पोल्दा रुखबाट खसेर एक जनाको मृत्यु

    पाल्पा,असोज २९ । 

    पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार उक्त गाउँको तारे जंगलमा  सालको रुखमा रहेको अरिङ्गाल पोल्ने गएका सारु  रुखबाट खसेका थिए ।

    रुखबाट खसेपछि गम्भीर घाइते भएका सारुको  प्रादेशिक अस्पताल बुटवलमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रबहादुर थापाले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology