Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

वामीमा कार्तिक ५ गते बृहत सांगीतिक मेला हुँदै,दर्जनौँ कलाकारले प्रस्तुती दिने

वामीमा कार्तिक ५ गते बृहत सांगीतिक मेला हुँदै,दर्जनौँ कलाकारले प्रस्तुती दिने

  • 1.2K
    SHARES

  • वामीमा कार्तिक ५ गते बृहत सांगीतिक मेला हुँदै,दर्जनौँ कलाकारले प्रस्तुती दिने

    कौरव खत्री /गुल्मी,असोज २८।

    गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार बजारमा वृहत सागींतिक मेला हुने भएको छ । जिटिभि नेपाल अनलाईन सुचना केन्द्र मुसिकोट नगरपालिका २ गुल्मीको आयोजनामा कला संस्कृतिको प्रवद्र्धन सगैं रमाईलो एवम् मनोरञ्जनात्मक कार्यक्रम हुने भएको हो ।

    यही कार्तिक ५ गते वामीटक्सार बसपार्क स्थित निर्माणाधिन स्मार्ट पार्कमा आयोजना हुने कार्यक्रममा भजन सम्राट एवम् चर्चित लोकदोहोरी गायक रेशम सापकोटाको साथमा अन्य दर्जनौँ राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने जिटिभि नेपाल अनलाईन सुचना केन्द्रका अध्यक्ष दिपक नेपालीले जानकारी दिनुभयो ।

    कार्यक्रममा बाल गायिका रविना बसेल, बाल गायक सचिन परियार, लोक दोहोरी गायक ओम सेञ्चुरी, कपिल मगर, सिमा थापा र रिओ छमछमीका सेकेण्ड रनर अप एवम् डान्सिङ स्टार नेपालका फस्ट रनर अप शेखर घर्ती मगरको समेत प्रस्तुती रहनेछ । त्यस्तै कार्यक्रममा अन्य स्थानीय कलाकारहरुले समेत आफ्नो सागींतिक प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने नेपालीले बताउनुभयो ।

    त्यसका साथै सोही कार्यक्रममा खुल्ला रेकर्ड डान्स प्रतियोगीता समेत आयोजना गरिएको छ । रेकर्ड डान्स प्रतियोगीतामा प्रथम हुनेले नगद रु ८ हजार र प्रमाणपत्र, द्धितिय हुनेले नगद रु ५ हजार र प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला रेकर्ड डान्स भएकाले नृत्यमा ईच्छुक जुनसुकै व्यक्तिले भाग लिन सक्ने आयोजकले जानकारी दिएको छ ।

    सोही अवसर पारेर समाजसेवी, स्थानीय कलाकार एवम् पत्रकार सम्मान समेत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology