बुटवल,असोज २८ ।
आरती बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सहकारी स्कुल संचालन गर्ने भएको छ । आज बुटवलमा सम्पन्न नवौं बार्षिक साधारणसभा तथा अधिवेशनले सहकारी स्कुल संचालन गर्ने अध्यक्षको प्रस्ताव पारित गरेको हो ।
सहकारीका अध्यक्ष खडकबहादुर थापाले सहकारीले सैनामैना नगरपालिका ५ बुद्धनगरमा आरती हाइयर सेकेण्डरी स्कुल चलाउने र त्यहा ४५० जना बिद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो । उहांले ५ करोड २३ लाखमा रुपन्देही मोर्डन स्कुल खरिद गरि आरती हाइयर सेकेण्डरी स्कुलको नामबाट चलाइएको बताउनुभयो ।
२ हजार ७ सय ५० शेयर सदस्य रहेको सहकारीले ३५ करोडको बासलात रहेको र २८ करोडबराबर लगानी रहेको कोषाध्यक्ष बलराम पौडेलको प्रतिबेदनमा छ । सो अबसरमा अध्यक्ष थापा ,कोषाध्यक्ष पौडेल र बसन्त भुुुसालको लेखा परिक्षण प्रतिबेदन पारित भएको छ ।
कार्यक्रममा सल्लाहकार सन्दीप सापकोटा,सदस्य नारायण बहादुर बस्याल,सचिव हेमराज थापा लगायतले बोलेका थिए । सहकारीका हाल ३ सेवा के्न्द्र छन् भने ७ सेवा केन्द्र बनाउने योजना रहेको छ ।
सहकारीले पुनः खडकबहादुर थापाको अध्यक्षतामा नेतृत्व चयन गरेको छ ।उपाध्यक्षमा हेमराज थापा क्षेत्री,सचिबमा बलराम पौडेल,कोषाध्यक्षमा कृष्णबहादुर जिसी रहेका छन् । सदस्यहरुमा शिबप्रसाद बस्याल,नारायणबहादुर बस्याल,उमादेवी ढकाल छन् भने लेखा समितिमा बसन्त भुसाल,केशव श्रीस,सीता न्याैपाने रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)