Logo बिहिवार, आश्विन १ गते २०८३
images

हब इन्टरनेशनल एजुकेशन बुटवलमा,रक्तदानका साथै एजुकेशन फेयर गर्ने

हब इन्टरनेशनल एजुकेशन बुटवलमा,रक्तदानका साथै एजुकेशन फेयर गर्ने

  • 3.2K
    SHARES

  • हब इन्टरनेशनल एजुकेशन बुटवलमा,रक्तदानका साथै एजुकेशन फेयर गर्ने

    बुटवल, असोज २७ ।

    बुटवलको हब इन्टरनेशनल एजुकेशन बुटवलमा शुभारम्भ हुदैछ । शुभारम्भका अवसरमा तीनदिन विभिन्न कार्यक्रम हुनेछन् । शनिबार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    सन् २००६ मा स्थापना भई काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले सामाजिक उत्तरदायित्व अन्तरगत बुटवलका दुई सामाजिक संस्थासँगको सहकार्यमा रक्तदान गर्ने भएको हो ।

    एजुकेशनका बुटवल शाखा प्रमुख अशोक पराजुलीका अनुसार बुटवलको गोर्खाली युवा सशक्तिकरण अभियान र नियमित रक्तदाता संघको सहयोगमा बुटवलमा रक्तदान गरिने भएको हो ।

    रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित रक्तदान कार्यक्रमको आयोजना गरेको हब एजुकेशनले आइतबार असोज ३० गते एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । विदेश पढ्न जान चाहने विद्यार्थीहरुका लागि सचेतनामूलक कार्यक्रममा विभिन्न ७ देशका विश्वविद्यालयहरुका प्रतिनिधिहरुसमेत सहागी हुने छन् । करिब ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा हब एजुकेशन केन्द्रीय कार्यालय काठमाण्डौंबाट आएका एक्जुकेटिभ चेयरमेन उद्दवबहादुर खड्काले समेत सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

    पछिल्लो समय विद्यार्थीहरुले लहैलहैमा लागेर तथा पूर्ण जानकारी नै नलिएर विदेश जाने प्रतिवृत्तिका कारण धेरैले दुःख पाउनु पर्ने बाध्यता रहेको हब एजुकेश बुटवलका प्रमुख पराजुलीले बताए ।

    ‘विद्यार्थीहरुले विदेश गएपछि सबै प्राप्त हुन्छ भनेर भ्रममा लाखौं खर्च गरी विदेश गएपछि उनीहरुको हातमा न त एजुकेशन सर्टिफिकेट हुन्छ, न त स्किल अन्तिममा दुःख पाएर उतै पलायन हुने अवस्था आउछ ।’–पराजुलीले भने, ‘पछिल्लो समय वैदेशिक यात्रामा धेरै विद्यार्थीहरुले दुःख पाएका समाचारहरु पनि आउने गरेका छन् यी समस्या आउनुका कारणहरु बारे विद्यार्थी पहिले नै सचेत हुन आवश्यक छ ।’

    आइतबार सञ्चालन गरिने एजुकेशन फेयरमा यिनै जानकारी बारे बताइने उल्लेख गर्दै उनले कार्यक्रममा सहभागी हुने पहिलो क्रमका १११ जना विद्यार्थीलाई निःशुल्क आएल्स अध्ययनको अवसर प्रदान गरिने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology