Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्तारुढ गठबन्धनलाइ समर्थन गर्दै रूपन्देही ३ मा खाँले लिए उम्मेदवारी फिर्ता

सत्तारुढ गठबन्धनलाइ समर्थन गर्दै रूपन्देही ३ मा खाँले लिए उम्मेदवारी फिर्ता

  • 1.8K
    SHARES

  • सत्तारुढ गठबन्धनलाइ समर्थन गर्दै रूपन्देही ३ मा खाँले लिए उम्मेदवारी फिर्ता

    बुटवल,असाेज २६ ।

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका इम्दाद हुँसेन खाँले उम्मेदवारी फिर्ता लिएका छन् ।

    उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनबाट गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण आधिकारिक उम्मेदवार थिए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खाँलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको बताइएको छ । उम्मेदवारी फिर्ता लिएपछि उनले सत्तारुढ गठबन्धन एकजुट भएर जाने बताएका छन् ।

    रुपन्देही ३ प्रदेशसभा कमा पनि माओवादी केन्द्रका नेताले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका थिए । त्यसरी उम्मेदवारी दिने फैज अहमद खाँले पनि उम्मेदावारी फिर्ता लिएका छन् ।

    सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा १मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा २मा नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology