Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीमा ६६ जनाको उम्मेदवारी,उम्मेदवारविरुद्ध परेन उजुरी

गुल्मीमा ६६ जनाको उम्मेदवारी,उम्मेदवारविरुद्ध परेन उजुरी

  • 1.6K
    SHARES

  • गुल्मीमा ६६ जनाको उम्मेदवारी,उम्मेदवारविरुद्ध परेन उजुरी

    गुल्मी, असोज २६ ।

    गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारविरुद्ध दाबी र विरोध गर्ने समय रहेको थियो ।

    तर, कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिनुभयो । आगामी मङ्सिर ४ गते  हुने प्रतिनिधि एवम् प्रदेश सभा निर्वाचनका लागि गुल्मीमा कुल ६६ जनाको उम्मेदवारी परेको छ । 

    जसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ११ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवारी परेको छ ।  त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा ११, ख मा १२ र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को क मा १० ख मा नौ जनाको उम्मेदवार परेको निर्वाचन कार्यालयले जनाएको छ । 

    निर्वाचन कार्यतालिकाअनुसार असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

     

    Gulmi-news-photo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology