बुटवल,असाेज २५ ।
गोरुसिङ्गे-सन्धिखर्क सडक खण्ड आज मंगलबार दिउसो १२ बजे देखी दिउसो २ बजे सम्म बन्द हुने भएको छ ।
सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं ६, जगतामा अविरल बर्षाका कारण पहिरो गई सडक अवरुद्द भएकोले सडक मर्मतको लागी बन्द गरीने भएको जिल्ला प्रहरी कार्यलयले सूचना मार्फत जानकारी गराएको छ ।
सडक मर्मतका दौरानमा एम्बुलेन्स बाहेकका सम्पुर्ण सवारी साधनहरु आवत जावतमा रोक लगाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)