Logo बिहिवार, आश्विन १ गते २०८३
images

चुनावी मैदानमा ६ हजार उम्मेदवार,महिला २ सय ३३ जना

चुनावी मैदानमा ६ हजार उम्मेदवार,महिला २ सय ३३ जना

  • 2.2K
    SHARES

  • चुनावी मैदानमा ६ हजार उम्मेदवार,महिला २ सय ३३ जना

    बुटवल,असोज २५ ।

    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

    प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ९४ र प्रदेशसभाका ३ सय ३० सिटका लागि ३ हजार ४ सय २३ जनाले उम्मेदवारी दिएको विवरण निर्वाचन आयोगमा अबेरसम्म अद्यावधिक भएको छ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकामध्ये पुरुष २ हजार २ सय ६१ र महिला २ सय ३३ जना छन् ।

    प्रदेशसभामा पुरुष ३ हजार १ सय २७, महिला २ सय ९५ र तेस्रो लिंगी १ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा दलअनुसार राप्रपाले सबैभन्दा बढी उम्मेदवार उठाएको छ ।

    प्रतिनिधिसभा राप्रपाले १ सय ४१, एमालेले १ सय ३९ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ३१ जना उम्मेदवार उठाएको छ । माओवादीले ४५, कांग्रेसले ९१, एकीकृत समाजवादीले २४, लोकतान्त्रिक समाजवादीले ५२, जनता समाजवादीले ८० क्षेत्रमा उम्मेदवार उठाएको छ ।

    त्यस्तै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने १ हजार २ सय ५२ जना छन् । दलगत रूपमा हेर्ने हो भने ३ सय ३० सिटका लागि एमालेको २ सय ७८, राप्रपाले २ सय ६७, कांग्रेसले १ सय ८४, जसपाले १ सय ४३, माओवादीले १ सय १२, लोसपाले ७६ उम्मेदवार दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology