Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहाडी जिल्लामा लोकप्रिय सराँय नाँच बुटवलमा (फाेटाेफिचर)

पहाडी जिल्लामा लोकप्रिय सराँय नाँच बुटवलमा (फाेटाेफिचर)

  • 2.7K
    SHARES

  • पहाडी जिल्लामा लोकप्रिय सराँय नाँच बुटवलमा (फाेटाेफिचर)

    बुटवल,असोज २३ ।

    रुपन्देहीको बुटवलमा पनि सराँय नाँच स्थापित बन्दै गएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर ब्यस्थापन समितिले सराँय नाँचको आयोजना गर्दै आएको हो ।

    लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाँच बिगत ११ बर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दै गएको छ ।लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, र पाल्पा ,त्यस्तैगरि बाग्लुङ र स्याङ्जामा यो नाँच निकै प्रख्यात छ ।

    पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाहरुले परम्परा जोगाउने उद्देश्यले नाँच मार्फत्  बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियार स्वरुप भाला, खुकुरी,तरबार नचाएर दिनभर प्रदर्शन गरिएको हो ।

    पञ्चेबाजाले सो क्षेत्रको माहोल नै रमाइलो बनाएको थियो । विगत ११ बर्षदेखि सराँय नाच देखाउन थालिएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताउनुभयो । परापूर्वकालदेखि नै सराँय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको उहाको भनाइ छ ।

    गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।लुम्बिनी वाणिज्य क्याम्पस खेल मैदानमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको मन्दिरका पण्डित तथा कथाबाचक दुर्गाप्रसाद भट्टराइको भनाइ छ ।

    पछिल्लो पुस्तालाई सराँय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको रवि पोखरेलको भनाइ छ ।

    स्थानीय होमनाथ ज्ञवालीका अनुसार यस नाँचले देबी भगवती खुसी हुने र राक्षसलाइ बध गर्दा प्रयोग गरिएका धारिला हतियारका बारेमा सबैलाइ जानकारी हुने उहाँको भनाइ छ ।हामीले पहाडमा सानोमा देखेको तर यहाँ आएपछि बल्ल सरायँ खेल्न पायौँ नाँचमा सहभागि युवती देवीनगरकी तुलसा पौडेलले भन्नुभयो ।

    saraya.jpg

    सराँय हेर्नका लागि मानिसहरुको बाक्लो भीड लागेको थियो । त्यस्तै बुटवल १२ नयागाउँमा रहेको सो क्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा पनि सराँय नाचं देखाउन शुरु गरिएको अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो ।

    यस्तै बुटवल १३ जितगढीमा पनि सराँय नाचं देखाइएको स्थानीय ऋषि आजादले बताउनुभयो ।
    saraya nach butwal (11).jpgsaraya nach butwal (9).jpg

    saraya nach butwal (10).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology