झापा, असोज २३ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।उनी दलबलसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन गरेको छ।
ओली अघिल्लो निर्वाचनमा पनि झापा–५ बाटै निर्वाचित भएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)