बुटवल,असोज २२ ।
मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४९७ औँ जन्मोत्सवमा बुटवलमा मोटरसाइकल र्याली तथा रक्तदान गरिएको छ।
मुस्लिम समुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिदलगायतको आयोजनामा बुटवलमा र्याली निकालिएको हो। धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित मुस्लिम समुदायले बुटवल नगर परिक्रमा गरेका हुन्।
इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा पैगम्बर महम्मदको जन्म भएकाले यो दिन हरेक वर्ष मुस्लिम समुदाय जन्म जयन्ती मनाउँदै आएका छन्।
मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् बुटवल-५ को आयोजनामा रक्तदान जीवन दान भन्ने मूल नाराका साथ रक्तदान गरिएको हो।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेको परिषदका सचिव मोहम्मद जमिल खान खानले जानकारी दिए ।
कार्यक्रममा हज कमिटिका अध्यक्ष समशेर मिया,बुटवल माबिका प्रधानाध्यापक होम बहादुर खाँन,,रजाए मुस्ताफाका अध्यक्ष हाजि रहमद खान,हाजि जनाव शमशेर मिया लगायतले बोलेका थिए ।
अध्यक्ष हाजि सकुर मियाको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले मुस्लिम समुदायले बुटवलबाट पहिलोपटक रक्तदान कार्यक्रम गरेको स्मरण गरे । बिगत १८ बर्षदेखि निरन्तर रक्तदान भैरहेको छ ।
यस्तै पैगम्बरको जन्म जयन्तीको अवसरमा रजाएमुस्तफा मस्जिद समिति बुटवलले अस्पतालमा फलफूल वितरण गरेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका करिब २ सय जना बिरामीलाई वितरण गरिएको समितिले जनाएको छ ।
पैगम्बर हजरत महम्मद सल्लाह अलैहे वसलमको जन्म सन् ५७१ मा मक्कामा भएको थियो। ५३ वर्ष मक्कामा बिताएपछि उनी ५३ वर्षको आयुमा मदिना गएका थिए।
इस्लामलाई संसारभर पूर्ण रुपमा व्यवस्थित गरेको सम्झनामा दिवस मनाउन थालिएको हो। हजरत महम्मद सल्लाह अलैहे वसलम मक्काबाट मदिना गएपछि हिजरी संवत्को शुभारम्भ गरेको मानिन्छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)