Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेलको घरमै चिप्लेर निधन

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेलको घरमै चिप्लेर निधन

  • 1.2K
    SHARES

  • एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेलको घरमै चिप्लेर निधन

    नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ । आज शनिबार उहाँको आफ्नै घरमा चिप्लेर निधन भएको उहाँका परिवारजनले बताएका छन् । 

    काठमाडौंको काँडाघारी बस्नुहुने नेता ढुङ्गेल घरमा एक्लै भएका बेला लडेर निधन भएको प्रारम्भिक अनुमान आएको परिवारका सदस्यले बताउनुभयो । घरमा एक्लै भएका बेला शौचालयमा लडेर निधन भएको जानकारी आएको छ उहाँका भाइ सरोज ढुङ्गेलले बताउनुभयो । 

    नेता ढुङ्गेल लामो समयदेखि मिर्गौला तथा अन्य रोगबाट पीडित रहनुभएको परिवारका सदस्यले बताएका छन् । घरका सदस्यहरू टीका लगाउन बाहिर गएका बेला घरमा एक्लै हुँदा नेता ढुङ्गेलको शौचालयमा चिप्लेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको उहाँका भाइ ढुङ्गेलले जानकारी दिनुभयो । 

    यसअघि माओवादी पार्टीमा रहनुभएका नेता ढुङ्गेल पछिल्लो समय एमाले प्रवेश गरी एमालेको गतिविधिमा सक्रिय रहनुभएको थियो । माओवादीमा रहँदा उहाँ संविधान सभा सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology