Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चन्द्रागिरि ध्यान केन्द्रको पहिरोमा पुरिंदा ३ जनाको मृत्यु

चन्द्रागिरि ध्यान केन्द्रको पहिरोमा पुरिंदा ३ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • चन्द्रागिरि ध्यान केन्द्रको पहिरोमा पुरिंदा ३ जनाको मृत्यु

    बुटवल,असाेज २१ ।

    काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्र पहिरोमा पुरिंदा एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

    चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

    उनीहरु तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । डोजरको सहायताले प्रहरीको टोली उद्धारमा खटिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology