Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशलाई सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबलको उपाधि

लुम्बिनी प्रदेशलाई सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबलको उपाधि

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेशलाई सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबलको उपाधि

    बुटवल,असाेज १६ ।

    कैलालीको धनगढीमा सम्पन्न ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले हात पार्न सफल भएको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो ।

    लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले पराजित गरेको छ। यसअघि निर्धारित समयमा दुवै टोलीले आत्मघाती गोल गर्दै एक–एकको बराबरी खेलेका थिए ।

    उपाधि हात पारेसँगै लुम्बिनी प्रदेशले पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता कर्णाली प्रदेशले तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका फागुराम चौधरीले उत्कृष्ट खेलाडी घोषित भए अनुसार २० हजार प्राप्त गरेका छन् ।

    यस्तै उत्कृष्ट गोल रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही घोषित भए । उनीहरूले जनही १०–१० हजार प्राप्त गरेका छन् ।

    पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भएको प्रतियोगितामा देशका पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology