अर्घाखाँची,असोज १६ ।
अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा रहेको पोखरीमा डुबेको अबस्थामा २७ बादर मृत भेटिएका छन् ।
सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको सिचाई पोखरिमा डुबेर २७ वटा बादर मरेको स्थानीय बलराम रायमाझिले बताए । पहिला एउटा बादर पानी खान जाँदा पोखरीमा परेरको पछि सोबादरलाई बचाउन भनी जाँदा अन्य बादरहरु पनि सोहि ठाँउमा डुबर मरेको हुन सक्ने स्थानीयको आशंका छ ।
पोखरी जंगलको बिचमा रहेको कारणले गर्दा बादर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको स्थानीयको भनाई रहेको छ ।
जिल्ला बन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पान्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बादरलाई जनप्रतिनिधि, प्रहरी ,स्थानीयबासि सबैको रोहबरमा गाडिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)