बुटवल,असाेज १५ ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले भोजन तथा खाद्यान्न बितरण गरेको छ । बुटवल २ मा रहेको सिद्धबाबा शिबकुमारी सैजू पाकापुस्ता आश्रममा पुगेर समाजले आश्रीत ७ जना ज्येष्ठ नागरिक भोजन गराएको छ भने आवश्यक खाद्यान्न बितरण गरेको जिल्ला सभापति खिमप्रसाद भट्टराई कृष्णले बताउनुभयो ।
सो अबसरमा बोल्दै समाजका केन्द्रिय सभापति गोविन्द खनालले हरेक जेष्ठ नगरिकले परिवारमा आत्मसम्मान बोध गर्ने बाताबरण हुनुपर्ने, स्वास्थ र मनोरञ्जनको यथेष्ट प्रबन्ध हुनुपर्ने र सहयोगापेक्षी जेष्ठ नागरिकलाई सरकारले सबै जिम्मेवारी लिई सम्मानित जीवन यापनको ब्यबस्था गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा केन्द्रिय सचिब मिना ढकाल,शाखाका पुर्वसभापतीहरु कृष्ण प्रसाद पराजुली,लालहरी पाण्डे ,हरिष ढकाल ,निबर्तमान सभापती डीपी खनाल ,लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम शाखा सभापती खिम प्रसाद भट्टराईको अध्यक्षता , सचिव कृष्ण प्रसाद पाण्डेको संचालन कोषाध्यक्ष लीलाधर लुइँटेलको स्वागतमा भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)