बुटवल,असोज १५।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन् । ड्राइभरटोल नजिकै रातको करिब पौने ११ बजे मोटरसाइकल दुर्घटना हुँदा बुटवल सुख्खानगरका २३ वर्षीय सायमन मल्लको ज्यान गएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाने क्रममा आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार मल्ल गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)