Logo बिहिवार, आश्विन १ गते २०८३
images

कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन रुपन्देही प्रशासनको निर्देशन 

कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन रुपन्देही प्रशासनको निर्देशन 

  • 1.7K
    SHARES

  • कात्तिक ५ गतेभित्र  हातहतियार बुझाउन रुपन्देही प्रशासनको निर्देशन 

    बुटवल,असोज १५।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो । 

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो ।

    जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाइमा लगत राखी निर्वाचन पश्चात फिर्ता हुने गरी बुझाउन भनेका छौं, उहांले भन्नुभयो ।

    प्रशासनले शुक्रबार एक बिज्ञप्ती जारी गरेर इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको हो ।

    prasasan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology