Logo बिहिवार, आश्विन १ गते २०८३
images

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • 1.5K
    SHARES

  • सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बुटवल,असाेज १५ ।

    सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । 

    दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

    दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको र घाइते कति छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology