बुटवल, असोज १४ ।
लोक सेवा आयोग लुम्बिनी प्रदेशका सदस्य सचिव बाबुराम गौतमले संस्कृति र संम्पदाहरुको संरक्षण गर्न जरुरी रहेको बताउनु भयो ।
गुल्मी जुभुङ्ग रुपन्देही सम्पर्क समाजले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम युवापुस्तालाई जानकारी गराउनु का लागि पनि यस्ता सम्पदाहरुको जर्गेनागर्न आवश्यक रहेको उहाँले औल्याउनु भयो ।
सदस्य सचिव गौतमले समाजहरु मार्फत जन्मथलोको सम्झना गराईने भएकाले यस्ता समाजहरु मार्ग दर्शक हुने धारणा राख्नु भयो । कर्मथलो रुपन्देही बनाएपनि आफ्नो जन्मथलो कहिलै बिर्साउन नहुने उहाँको जिकिर थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका उपाध्यक्ष दिनेश खड्का, आजीवन सदस्य खिमबहादुर खड्का, सल्लाहकार लक्ष्मी गौतम, रामबहादुर राना , संस्थापक अधक्ष्य बमबहादुर थापा लगायतले दसैं, तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
गुल्मी झुबुङ्ग सम्पर्क समाजका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मनोज खड्काले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)