Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीले कार्तिक ६ मा साधारणसभा गर्ने

पत्रकार महासंघ रुपन्देहीले कार्तिक ६ मा साधारणसभा गर्ने

  • 2.0K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीले कार्तिक ६ मा साधारणसभा गर्ने

    बुटवल, असोज १४ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा आगामी कार्तिक ६ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको कार्यसमितिको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिक ६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

    महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पत्रकारहरुलाई पेशागत मर्यादा कायम गर्न तथा पत्रकार आचारसहिंताको पालना गर्न अपिल गरेको छ ।

    निर्वाचनमा पत्रकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराउँदै पेशागत मर्यादा र गरिमा उचो बनाउने गरि काम गर्न बैठकले अपिल गरेको सचिव विनोद परियारले बताए ।

    बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरि लम्साल, शेर बहादुर केसी, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई र इन्दिरा अर्यालको उपस्थिती थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology