बुटवल,असोज १३ ।
चाडपर्वको समयमा हुने सवारी दुर्घटना रोक्न सरोकारवाला निकायहरु गम्भीर देखिएका छन् ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालीले बुटवलमा आयोजना गरेको बिजया दशमी ,दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वको बेला सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्नेमा जोड दिएका छन । पर्वको समयमा यात्रुको चाप सार्वजनिक यातायातमा हुने भएकाले दुर्घटनाको जोखिम बढि हुने गरेकाले दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुनु पर्ने बताएका छन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले दुर्घटना न्यूनिकरणको लागि नै प्रहरीले नियमित रुपमा सवारी साधनको चेकजाँच गरिरहने बताउँनु भयो ।
चार्डपर्वको समयमा बढि सवारी दुर्घटना हुने गरेकाले यसलाई रोक्नको लागि प्रहरीले नियमित रुपमा चेकिङ्ग गरिहेको उहाँले बताउनु भयो ।
प्रहरीको नियमित चेकिङलाई यातायात ब्यवसायीले अन्याथा लिन नहुने प्रहरी उपरिक्ष थापाले बताउँदै दुख दिने गरी वा नियत खराबले चेकजाँच गरेको भए उजुरी दिनको लागि आग्रह गर्नु भयो ।
नियमलाई कार्यान्वयन गर्नको लागि प्रहरीले सवारी चेकिङ गर्दै आएको बताउनु भयो । मापसे चेकिङ् गर्दै आएको प्रहरीले अब लागु पदार्थ सेवन गरे नगरेको पनि परिक्षण लुम्बिनी प्रदेशमा पनि सुरु भएको थापाले जानकारी दिनु भयो ।
बाइट..
पश्चिम नेपाल बस ब्यवसायी प्रालीका अध्यक्ष दधि खरेलले सवारी दुर्घटना न्यूनिकरणको लागि सबै पक्षको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । सवारीको अवस्थालाई हरेर सवारी दुर्घटनाको दोष दिए पनि सडकको दुरअवस्था सुधारको लागि राज्यले ध्यान नदिएको गुनाशो पोख्नु भयो । सवारी दुर्घटना रोक्नको लागि ट्राफिक नियमको पालनासँगै सडकको अवस्था सुधार हुन अवाश्यकता रहेको खरेलको भनाई थियो ।
बाइट...
बुटवल उपमहनगरपालिका वडा नं. ४ का वडाध्यक्ष नरिश्वर पौडेलले सवारी दुर्घटना रोक्नको ट्राफिक नियमको पालना जरुरी रहेको बताउनु भयो । बुटवलमा सवारीको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको प्रति सचेत गराउनु भयो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले चाडपर्वमा अपराधिक क्रियाकलाप रोक्नको लागि एकिकृत सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको बताउनु भयो ।
उहाँले ४० प्रतिशत प्रहरी जनशक्त थप गरेर पर्वमा सुरक्षा प्रदान गरिने जानकारी दिनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखेरेलले सवारी दुर्घटना रोक्नको लागि सबै पक्ष सचेत हुन आवश्यकता रहेकोमा जोड दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)