Logo बिहिवार, आश्विन १ गते २०८३
images

कालिगण्डकी तिनाउ ड्राईर्भसन : लुम्बिनी प्रदेश सरकारले चासो नदिएको प्रदेश प्रमुख शेरचनको गुनासाे

कालिगण्डकी तिनाउ ड्राईर्भसन : लुम्बिनी प्रदेश सरकारले चासो नदिएको प्रदेश प्रमुख शेरचनको गुनासाे

  • 1.3K
    SHARES

  • कालिगण्डकी तिनाउ ड्राईर्भसन : लुम्बिनी प्रदेश सरकारले चासो नदिएको प्रदेश प्रमुख शेरचनको गुनासाे

    बुटवल,असोज १३ ।

    लुम्बिनी प्रदेशका प्रमुख अमिक कुमार शेरचनले कालिगण्डकी तिनाउ ड्राईर्भसन आयोजना अगाडी बढाउन प्रदेश योजना आयोगले ध्यान नदिएको गुनाशो पोख्नु भएको छ ।

    ड्राईर्भसन आयोजना लुम्बिनी प्रदेशको लागि मात्र नभएर देशकै फाईदाको योजना भएपनि प्रदेश सरकारले योजना कार्यान्वयनको लागि चासो नदिएकोमा उहाँले गुनाशो पोख्नु भएको हो । प्रदेश योजना आयोगले बिहिबार प्रदेश प्रमुख समक्ष आफ्नो प्रतिवेदन हस्तानान्तरण गरेको हो ।

    सो अवसरमा  शेरचनले कालिगण्डकी तिनाउ ड्राईर्भसन आयोजना कार्यान्वयनको लागि गण्डकी र लुम्बिनी प्रदेशलाई मौखिक रुपमा ध्यानआकृषण गराएपनि सुनुवाई नभएको गुनाशो पोख्नु भयो  ।  कालिगण्डकीको पानी बगेर भारत तर्फ गएको अवस्थामा ड्राईर्भसन गरेर तिनाउनमा ल्याउन सके तराईमा सिचाईबाट कृषि उत्पादनमा बृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो । आयोजना कार्यान्वयनको लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकारका  बिचमा बार्ता समेत बस्न समेत नसक्नु दुखद भएको शेरचनले बताउनु भयो ।

    योजना आयोगबाट तर्जुमा भएका योजनालाई सरकारले कार्यान्वयन गर्नुपर्ने प्रदेश प्रमुखको भनाई थियो । प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेवि क्षेत्रीले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन हस्तानान्तरण गर्नुभएको थियो ।

    एमटिएफ, बित्तिय समानीकरण र परियोजना बैंकलाई योजना आयोगले कार्यान्वयनमा ल्याएको उपाध्यक्ष क्षेत्रीले बताउनु भयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology