बुटवल,असोज ११ ।
गुल्मी जुनिंया तराई सम्पर्क समाज रुपन्देहीले गुल्मी सत्यवती ७ मा अन्तरक्रिया गरेको छ । समाज र सत्यवती गांउपालिका वडा न ७ ले निर्माण गरेको भ्यू प्वाइन्टबारे अन्तरक्रिया भएको हो । आर्कषणको केन्द्र बन्दै गइरहेको भ्यू प्वाइन्टमा भुगोलका चारै दिशा,चिन्ह,डिग्री,स्थान र उचाइको समेत ब्याख्या गरेर बिभिन्न बोर्डहरु समेत राखिएको छ ।
भ्यू प्वाइन्टलाइ शिक्षामुलक बनाउनका लागि आफुहरुले शुरुवाती दिनदेखि नै पहल गरि ज्ञानयुक्त भ्यू प्वाइन्ट निर्माण गरेको गुल्मी जुनिया तराइ सम्पर्क समाज रुपन्देहीका अध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहांले करिब १० लाखको लागतमा भ्यू प्वाइन्ट बनेपछि स्थानीयको आकर्षण बढ्दै गइरहेको बताउनुभयो ।
सत्यवती गांउपालिका अध्यक्ष टीकाराम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पाण्डेले भ्यू प्वाइन्ट,हरियाली पार्क,ताल तलैया निर्माण,भार्सेमा बुद्ध स्तुपा बनेपछि यसक्षेत्रमा पर्यटकीय गतिबिधि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो । उहांले नीजि क्षेत्र र संघसंस्थासंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
वडा न ७ का वडाध्यक्ष लोकबहादुर बुढाथोकीले पर्यटन गतिबिधि बढाउन आफुहरु लागिरहेको बताउनुभयो ।कार्यक्रममा गांउपालिकाका पूर्व उपाध्यक्ष सुबर्ण शाही,प्रमुख प्रशासकिय अअधिकृत कमल प्रसाद भुसाल,प्रधानाध्यापक केशब भट्टराइ,भरत थापा,रमा भण्डारी,पूर्ण शाही लगायतले बोलेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)