बुटवल,असाेज ९ ।
खेलप्रेमीहरुको रोजाइमा रहेको विश्वप्रसिद्ध पिक र एक्सटेप ब्राण्डको आउटलेट बुटवलमा शुभारम्भ भएको छ । बुटवल ट्राफिकचोकमा खुलेको आउटलेटमा खेलाडीहरुका लागि आवश्यक पर्ने सबैप्रकारका ब्राण्डेड उपलब्ध फुट वयेरहरु उपलब्ध हुने संचालक प्रविण ज्ञवालीले बताए ।
बुटवल र आसपासका विभिन्न जिल्लामा रहेका ब्राण्ड प्रेमीहरुलाई लक्षित गरी घटस्थापनामा आउटलेट शुभारम्भ हुनेछ । ब्राण्ड पारखीका लागि सूज एण्ड स्पोर्टस वेयरहरुको आधिकारीक विक्रेताको रुपमा सञ्चालन शुरु गरेको अर्का संचालक निलम थापा ज्ञवालीले बताइन् ।
रनिङ सुजका साथै बास्केटबल सुज, बास्केटबल जर्सि, मनिङवाक टिसर्ट टाउजर, व्याटमिन्टनका विभिन्न आइटमहरु र स्पोर्टस वेयर पाइने उनको भनाइ छ । करिब ८० लाखको लगानी गरिएको ज्ञवालीले बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)