Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवदुर्गा मन्दिर देवीनगरमा दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन हुने

नवदुर्गा मन्दिर देवीनगरमा दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन हुने

  • 2.2K
    SHARES

  • नवदुर्गा मन्दिर देवीनगरमा दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन हुने

    बुटवल,असोज ९।

    नवदुर्गा मन्दिर समिति बुटवल ११ देवीनगरको आयोजनामा कथा प्रवचन हुने भएको छ ।नेपालीहरुको महानचार्ड बिजयादशमी नवदुर्गाको अवसरमा दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन हुने भएको छ ।

    बिस २०२२ सालमा स्थापित मन्दिरको थप बिकास र आर्थिक संकलन गरि रु १ करोडको अक्षयकोष बनाउनका लागि दुर्गा सप्तशति पाठपारायण एवं कथा वाचन राखिएको अध्यक्ष अर्जुन कुवरले बताउनुभयो ।

    असोज १० गते बाजागाजासहित भजनकृतन,शोभा कलश यात्रा,घटस्थापना ब्यास पुजन एवं पाठपारायण शुभारम्भ हुनेछ ,कार्यक्रमको मुक्तिनाथधामका पिठाधिस स्वामी लोकानन्दले उदघाटन गर्नुहुनेछ ।

    मन्दिरमा श्रीङ्गेश्वरधामका गुरु त्रिकालदर्शी आचार्य दुर्गाप्रसाद भट्टराइको मुखारबिन्दबाट संगीतमय कथा प्रवचन हुने सचिब रबिलाल पोखरेलले बताउनुभयो  ।असोज २३ गते कोजाग्रत पूर्णीमासम्म कथा बाचन हुने कार्यक्रम संयोजक यज्ञश्वर मरासिनीले बताउनुभयो । कथाबाचक श्रीङ्गेश्वरधामका गुरु त्रिकालदर्शी आचार्य दुर्गाप्रसाद भट्टराइले नवदुर्गाको पूजन तथा कथा श्रवण गरेर पुण्य आर्जन गर्न आग्रह गर्नुभयो ।

    आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीबारे जानकारी गराएका हुन् । सो अबसरमा पत्रकार महासंघका प्रदेश महासचिब बिक्रम खड्का,पत्रकार रुद्रहरी कुवर,लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology