बुटवल,असाेज ८ ।
क्षितिज बचत तथा ऋण सहकारी संस्था बुटवलको १६ औ साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष बिष्णुप्रसाद बस्यालको अध्यक्षता तथा सहकारीका सल्लाहकार लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा बिशिष्ट अतिथि सल्लाहकार ज्ञानेन्द्र कसजू, केशबप्रसाद पोखरेल,सचिब प्रकाश खनाल,उपाध्यक्ष जीवनाथ भण्डारी लगायतले बोल्दै सहकारी आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका थिए ।
सो अबसरमा सहकारीका शेयर सदस्यहरु प्रबल जनसेवा श्रीबाट सम्मानित निर्मल प्रसाद लाकौल त्यस्तै जनसेवा श्रीबाट सम्मानित डिल्लीनारायण पाण्ड र कोषाध्यक्ष भास्करनाथ पाण्डेलाइ सहकारीले पवनि दोसलला तथा सम्मानपत्रले सम्मान गरेको थियो ।
कार्यक्रममा ८० बर्षमाथिका जेष्ठ नागरिक,एसएइइमा जिपिए ३ दशलमब ६ भन्दा माथि अंक ल्याएका ६ जना बिद्यार्थी तथा ३ जना असल ऋणिलाइ पनि नगद तथा दोसल्ला सम्मानपत्रले सम्मान गरिएको थियो ।
सहकारीमा ६१० शेयर सदस्य छन् भने बालबचत १ सय जना रहेको सहकारीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)