बुटवल,असाेज ६ ।
लुम्बिनी प्रदेशमा अझै २ महिनासम्म डेंगु रोगको प्रकोप रहने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज बुटवलमा मन्त्रालयले डेंगी रोग प्रकोपको लुम्बिनी प्रदेशको अवस्था र नियन्त्रण तथा रोकथामका सम्बन्धमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप देखिने जनाएको हो ।
मन्त्रालयका सचिब डा.विकास देवकोटाले सन २०१९, २० र २१ को स्थीतिमा पनि असोज र कार्तिक महिनासम्म डेंगुको प्रकोप रहेकाले यस वर्ष पनि थप २ महिना सचेत रहन आग्रह गर्नु भयो । अहिले संक्रमणको दर केही घटे पनि डेंगुको प्रकोप रहने भएकाले डेंगु रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाईबाट बच्नु रहेको बताउनु भयो । मन्त्रालयले महामारी रोग नियन्त्रणको लागि केही अमुर्त रकम विनियोजन गरेको छ र स्वास्थ कार्यालयबाट खर्च हुँदै आएको डा. देवकोटाले जानकारी दिनु भयो ।
प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारूले डेंगु रोग नियन्त्रणमा सबै नागरिकको दायित्व रहेको बताउँदै उपचारमा औषधीको कमी आउन नदिने बताउनु भयो । डेंगु नियन्त्रणको लागि सामुदायिक स्तरमा नै खोज र नष्ट गरसँगै जनचेतना कायक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।
मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले यो वर्ष अहिलेसम्म २ हजार ७०८ जना डेंगु संक्रमित रहेको बताउँदै दाङमा १ हजार १८० , रूपन्देहीमा ७०० , अर्घाखाँची १३८ , गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाकेमा ४४ , कपिलवस्तुमा ४९ ,बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पुर्वमा १६, रोल्पामा ७ , प्यठानमा ३६ जना संत्रमित भएका छन । अहिले दैनिक रुपमा ४० जना नयाँ संक्रमित थपिदै गएको र १३ जना प्रदेशका विभिन्न अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनु भयो । पछिल्लो दिनमा संक्रमितको संख्या घट्दै गएको प्रवक्ता पौडेलले बताउनु भयो ।
स्वास्थ कार्यलय रूपन्देहीका प्रमुख गौरब ढकालले डेंगु नियन्त्रणको लागि पालिकाहरुको सहयोगमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान , घरदैलो कार्यक्रम , फगिन ,चुनाबाट नष्ट गर्ने , विद्यालयमा स्वास्थ शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)