Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलको ओदान लाउन्जमा ३ दिने ‘ओदान दशैं फेस्ट’ हुँदै

बुटवलको ओदान लाउन्जमा ३ दिने ‘ओदान दशैं फेस्ट’ हुँदै

  • 1.4K
    SHARES

  • बुटवलको ओदान लाउन्जमा ३ दिने ‘ओदान दशैं फेस्ट’ हुँदै

    बुटवल,असाेज ५ ।

    बुटवल राजमार्ग चौराहमा रहेको ओदान लाउन्ज बार एण्ड रेष्टुरेन्टले  दशैंको अवसरमा ३ दिन ओदान  दशैं फेस्ट आयोजना गर्ने भएको छ ।  

    ३  दिन सम्म विभिन्न हस्तकला, टाटु तथा अन्य खानाका परिकार सहितको स्टल, लाईभ म्युजिक सहितको कार्यक्रम गर्न लागिएको सञ्चालक राजन थापाले जानकारी दिए ।   निःशुल्क  प्रवेशको व्यवस्थापन मिलाईएको फेष्टिभलमा खानाका विभिन्न परिकारमा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।

    असाेज महिनाको ७, ८, ९ गते  आयोजना हुने मेलामा विभिन्न १२ वटा स्टलहरु रहने छन् । जसमा फुड तथा अन्य हस्तकाला, गिफ्ट, टाटु तथा अन्य उपहकारका स्टलहरु रहने जनाइएको छ ।

    खानाका परिकारमा नेपाली, चाईनीज, ईटालियन, कन्टीटेन्टल खानाका विशेष परिकार सहित लाईभ  म्युजिक र डान्सको समेत व्यवस्था गर्न लागिएको सञ्चालक थापाले जानकारी दिए ।

    odannn.jpg

    उनका अनुसार उक्त तिन दिने मेलामा  बसन्त श्रेष्ठको व्याण्ड, नाद ब्याण्ड, प्रतिक्षा एण्ड टिमको विशेष प्रस्तुती समेत रहने छ । विहान देखि नै स्टल ओपन हुने मेलामा साझ ३ बजे पश्चात सांगीतिक कार्यक्रमको विशेष रौनकता रहने आयोजकले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology