Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सत्ता गठबन्धनको ठहर : राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरिन् [पूर्णपाठ]

सत्ता गठबन्धनको ठहर : राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरिन् [पूर्णपाठ]

  • 1.6K
    SHARES

  • सत्ता गठबन्धनको ठहर : राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरिन् [पूर्णपाठ]

    बुटवल,असाेज ५ ।

    नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सत्ता गठबन्धनका दलहरुले सामूहिक प्रतिक्रिया दिएका छन्। विज्ञप्तिमा गठबन्धनका पाँच दलमध्ये राजमोको तर्फबाट भने हस्ताक्षर छैन।

    बुधबार बालुवाटारमा बसेको बैठकपछि जारी गरेको धारणामा भनिएको छ, ‘समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछ।’

    मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपतिले बेवास्ता गरिदिएकी थिइन्।

    4 dal.jpg

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार :

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। संघीय संसद्का दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको विधेयक राष्ट्रपतिले १५ दिनसम्म होल्ड गरे पनि प्रमाणीकरण गर्न भने अस्वीकार गरेकी छन्। 

    bidya.jpgसंविधानको धारा ११३ को व्यवस्थाअनुसार विधेयक प्रमाणीकरणका लागि १५ दिनको समय कटिसक्दा पनि राष्ट्रपति भण्डारी विधेयक प्रमाणीकरण नगरी ‘मौन’ बसेकी छन्। 

    नागरिकता विधेयक पहिलोपटक प्रमाणीकरणका लागि पेस हुँदा राष्ट्रपति भण्डारीले सन्देशसहित (पुनर्विचारका लागि) फिर्ता पठाएकी थिइन्। तर, राष्ट्रपतिको सन्देशअनुसार विधेयकमा कुनै परिमार्जन भएन। 

    प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै विधेयक पारित भएर पुन: प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो। विधेयक दोस्रोपटक भदौ २० गते प्रमाणीकरणका लागि आएपनि राष्ट्रपति भण्डारीले १५ दिनसम्म होल्ड गरेर राखेकी थिइन्। 

    संविधानअनुसार १५ दिनको समय मंगलबार राति १२ बजे सकिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology