बुटवल,असाेज ४ ।
मानवअधिकार तथा शान्ति समाज पाल्पाको अध्यक्षमा रेणुका देवकोटा निर्वाचित हुनुभएको छ । पाल्पा शाखाको २२ औँ साधारणसभाबाट अध्यक्षमा देवकोटा निर्विराेध चयन हुनु भएको हो । यस अघि देवकोटा पाल्पा शाखाको उपाध्यक्ष हुनुहुन्थ्याे । समाजको उपाध्यक्षमा सन्त वीर बराल,सचिवमा सुशिला रेग्मी,सहसचिवमा अशोक घिमिरे,कोषाध्यक्षमा इन्दिरा ज्ञवाली चयन हुनुभएको छ । सदस्यहरूमा सरिप गहतराज,केशव राज अधिकारी,जमुना पोखरेल,रमा पन्थ,चिरञ्जीवी खनाल,स्वस्तिका श्रेष्ठ,केशरी बस्नेत रहनुभएको छ ।प्रेस संयोजकमा मने पत्रकार सन्तोष गहतराज चयन हुनुभएको छ ।
युवा संयोजक सुनित्रा घर्ती मगर ,सल्लाहकारमा पुर्व सभापति कृष्ण बहादुर रावल,निवर्तमान सभापति अरूण ज्ञवाली र पुर्व सभापति शिव प्रसाद देवकोटा रहनुभएको छ । उद्घाटन सत्रको कार्यक्रम पाल्पा जिल्ला सभापति अरूण ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश कमल राज विष्टले सस्थाले मानवअधिकार,लोकतन्त्र र अहिसाका बारेमा आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।
न्यायाधीश,नागरिक समाज,मानवअधिकार कर्मी एवम पत्रकारले न्यायका पक्षमा सत्य, तथ्य र स्वतन्त्रताको पक्षमा आवाज उठाउने ,अन्यायमा परेकालाई न्याय दिलाने र गलत गर्नेलाई कानुनी दायरामा ल्याउन खबरदारी गर्ने कर्तव्य रहेको बताउदै यस्ता बिषयमा सबै पक्ष चनाखो भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सस्थाले देश व्यापी रूपमा विभिन्न मानवअधिकारका बिषयहरूलाई आत्मसाथ गर्दै आन्दोलनहरूमा सस्थाका पदाधिकारीहरू स्वयंसेवि रूपमा परिचालन गरि अगाडि बढाएको बताउनुभयो । राजैनातिक दलको आपसी लडाइका कारण स्वतन्त्रहरूको उदय भइरहेको र जस्ले गर्दा नेपाली जनताले ल्याएको लोकतन्त्रिक व्यवस्थामा आच आउने होकि भन्ने गम्भीर जटिलता देखापरेको बताउनुभयो ।
सरकारी वकिल कार्यालयका न्यायिधिवक्ता रवि न्यौपाने मानवीय अधिकार र न्याय एक अर्काका परिपुरक रहेकाले मानवअधिकारको रक्षा गर्न प्रेरणा सस्थालाई मिलोस शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजमा केन्द्रीय उपसभापति कृष्ण बहादुर रावलले सस्थाले मानवअधिकार,शान्ति,लोकतन्त्र र अहिसाका ४ आधार स्तभलाई आधार मानि क्रियाकलाप अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा नागरिक समाजका अगुवा,बुद्धिजीवी ,समाजसेवी मीन बहादुर केसि , कलाकार चित्रवली राम सुवाल, केन्द्रीय सचिव मिना ढकाल ,नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपाने,प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझी,पाल्पा जिल्ला सस्थापक सभापति शिव प्रसाद देवकोटा लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अवसरमा सस्थामा योगदान पुर्याउनु भएका व्यक्तित्वहरूलाई कदर पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा पाल्पा शाखाका निर्वतमान सचिव सन्तविर बरालले आव २०७७-८९ को प्रतिबेदन र सभापति अरूण ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)