Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा छनाेट प्रतियोगिता : बुद्धिचालमा बर्दियाका निशान्त र रुपन्देहीकी नमन प्रथम

लुम्बिनीमा छनाेट प्रतियोगिता : बुद्धिचालमा बर्दियाका निशान्त र रुपन्देहीकी नमन प्रथम

  • 1.8K
    SHARES

  • लुम्बिनीमा छनाेट प्रतियोगिता : बुद्धिचालमा बर्दियाका निशान्त र रुपन्देहीकी नमन प्रथम

    बुटवल,असाेज ३ ।

    बुटवलमा जारी नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

    सोमबार भएको पाचौ चरणको खेलमा पुरुषतर्फ बर्दियाका निशान्त श्रेष्ठ साढे ४ अंक सहित प्रथम भएका छन । रुपन्देहीका सुमन श्रेष्ठ ४ अंकसहित दोस्रो भए भने अर्घाखाचीका कुशल बेल्बासे तेस्रो भए । यसैगरि महिला खेलतर्फ रुपन्देहीकी नमन सेढाइ ४ अंक सहित विजेता बन्दै छनौट भएकी छिन ।

    उनी बुद्धिचाल खेलकी राष्ट्रिय खेलाडी समेत हुन् । खेलमा रुपन्देहीकी बुद्धिकला राना र बाकेकी सृष्टि शाह क्रमश साढे ३ अंक सहित दोस्रो र तेस्रो भईन । महिलातर्फ १० जना तथा पुरुषतर्फ २२ जना खेलमा सहभागी भएका थिए । टिम विजेताका रुपमा रुपन्देही प्रथम, बाके दोस्रो तथा अर्घाखाची तेस्रो भएको छ ।

    एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, खेल संयोजक केन्द्रीय उपाध्यक्ष माधव प्रधान, जिल्ला खेलकुद विकास समितिका सदस्य पशुपति उपाध्यायले विजयी तथा उपविजयी खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गर्दै प्रदेशलाई पदक जित्ने रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology