Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

  • 1.7K
    SHARES

  • विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

    नयाँ दिल्ली,असाेज ३ । 

    विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ । उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलक २६ वर्षीय शिक्षिकाको  मृत्यु भएको हो । 

    प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेका थिइन । लिफ्टमा छिर्नेबित्तिकै उनको ढोका बन्द भएको थियो । ‘उनी लिफ्टमा छिर्दा ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, र उनी अड्किइन’,  प्रहरी उपआयुक्त विशाल ठाकुरले भने।

    विद्यालयका कर्मचारीले उनलाई मद्दत गर्न पुगेका थिए । उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।( एजेन्सी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology