बुटवल,असाेज १ ।
छमछमी कला केन्द्र बुटवलद्वारा आयोजित रूपन्देही डान्स स्टार सिजन थ्री प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम लिजा मगर, नेशमा गरूङ द्वितीय, दिया पाण्डे र वर्षा चाैधरी तृतीय हुन सफल भए। भ्युअर्च च्वाइसमा दीप गल्सको टीमबाट आर्या गैरे,आर्या गौतम,शुभेक्क्षा पन्थी,स्वीकृति केसी ,सिम्रन अधिकारी,नितिशा भुषाल रहेका छन् ।
प्रमुख अतिथि एमालेका प्रदेशसभा सदस्य लिला गिरिले कला संस्कृतिको जगर्नो गर्नुपर्ने बताए ।सो अबसरमा विशिष्ट अतिथि गायक हेमन्त शर्मा,नारायण थापा,अनु रजक,गीता थापा निर्णायक तथा तिलक नेपाली,सुरेश पाण्डे,शंकर पाणडे अतिथि थिए ।
भदौ ४ बाट सुरु भएको रुपन्देही डान्स स्टार सिजन ३ को फाइनल आज भएको हो ।विभिन्न स्थानमा भएको अडिसनमा ३५० सहभागी बाट फाइनलमा टप १५ छानिएको छमछमी डान्स केन्द्रका अध्यक्ष किशोर थापाले जानकारी दिए।एकल, जोडी र सामूहिक गरी ३ विद्यामा हुने प्रतियोगितामा विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमामा अवसर तथा द्वितीयलाई ५० र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा कला केन्द्रले ब्लड क्यान्सर पीडित कलाकार अमरदिप बिसिलाई ४० हजार नगद सहयोग गरेकाे छ भने गायक हेमन्त शर्माले ५ हजार नगद र प्रतियोगितामा सहभागी वर्षा चाैधरीले नगद १ हजार प्रदान गरेकी थिईन् । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)