Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बजाज पल्सर एनएस १२५ सीसी बाईक लन्चिङ

बजाज पल्सर एनएस १२५ सीसी बाईक लन्चिङ

  • 1.7K
    SHARES

  • बजाज पल्सर एनएस १२५ सीसी बाईक लन्चिङ

    बुटवल,असाेज १ ।

    बजाजका लागि रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिले बुटवलमा स्पोर्टी लुक्सको नया बाईक आईतबार बुटवलमा लन्च गरिएको छ ।

    आज बुटवलमा सागितिक कार्यक्रमसहितको लन्चिङ कार्यक्रम भएको रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिका संचालक कपिल खड्काले बताए । पोर्टी लुक्स खोज्ने ग्राहक केन्द्रित नया बाईक लन्चसंगै सागितिक कार्यक्रमहरुमार्फत देशब्यापी कार्यक्रम चलाएको छ ।

    चर्चित गायक प्रमोद खरेल, गायिका टीका प्रसाई र हास्यकलाकार सुमन कार्कीको उपस्थितिमा साङ्गीतिक कार्यक्रम आज बुटवलमा भएको छ । बुटवलमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजू , भैरव अटोका अध्यक्ष गोपनल पोखरेलले संयुक्त लन्च गरे । स्पोर्टी लुक्सको बजाज पल्सर एनएस १ सय २५ सिसि नया बाईक लन्च गरेको विश्वब्यापी रुपमा वातावरण जोगाउने मापदण्ड बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको खड्काले बताए । युवा र संगितलाई जोडेर प्रचार गरिएको उनले बताए ।

    बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology