Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

अछाम पहिरो : मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

अछाम पहिरो : मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

  • 2.3K
    SHARES

  • अछाम पहिरो  : मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

    अछाम,असोज १ ।

    अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही र कमल बजार नगरपालिका–६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी,१५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ ।

    यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology