Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

थारु राष्ट्रिय मुक्ति मोर्चा : धनकुमारीको संयोजकत्वमा ५९ सदस्यीय कमिटी गठन

थारु राष्ट्रिय मुक्ति मोर्चा : धनकुमारीको संयोजकत्वमा ५९ सदस्यीय कमिटी गठन

  • 2.6K
    SHARES

  • थारु राष्ट्रिय मुक्ति मोर्चा : धनकुमारीको संयोजकत्वमा ५९ सदस्यीय कमिटी गठन

    बुटवल,भदाै ३० ।

    थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल रुपन्देहीको भेला बुटवलमा सम्पन्न भएको छ ।

    भेलामा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज हकी कुल्लाह खांले सरकार माओवादीकै एजेन्डामा चलेको र माओवादी मात्र एक त्यस्तो पार्टी हो जसले सर्वहारा, गरिब, दलित, जनजाति, मुस्लिम, मधेसी लगायतको व्यवस्था गर्ने र अवस्था फेरेको बताए ।

    उनले अब आर्थिक लडाई शुरु गर्न जरुरी रहेको बताए ।त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द केसीले सबैलाई हेरियो अबको पालो माओवादीको हो । त्यसैले अब जनताको घर दैलोमा सहि एजेन्डा लिएर जान जरुरी रहेको बताए । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष सुकई थारुले अब थारुहरुले राजनीति उत्पीडन, आर्थिक उत्पीडन र धार्मिक उत्पीडनको अन्त्य गरि अगाडी बढ्नु पर्नेमा जोड दिए ।

    नेकपा माओवादी केन्द्र जिल्ला संयोजक नारायण जिसि (निर्मल), आदिवासी जनजाति मोर्चा नेपाल रुपन्देहीका सह– इन्चार्ज मनोज राना, मोर्चा फ्याक्सन इन्चार्ज रुपन्देहीका धन बहादुर गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य शिव चापागाई लगायतले बोलेका थिए ।

    भेलाले धनकुमारी थारुको संयोजकत्वमा ५९ सदस्यीय कमिटी गठन गरेको छ । जसको सह संयोजकमा विरेन्द्र थारु, सचिवमा कृष्ण थारु, कोषाध्यक्षमा विजया थारु, सदस्यहरूमा सन्तोष थारु, चन्द्र थारु लगायतको कमिटी गठन भएको फ्याकसन इन्चार्ज धन बहादुर गुरुङले जानकारी दिए ।कार्यक्रम मोर्चाको संयोजक धन कुमारी थारुको अध्यक्षता नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज हकि कुल्लाह खा को प्रमुख आतिथ्यता, मोर्चाका सह– संयोजक विरेन्द्र थारुको स्वागत र मोर्चाको सचिव शिव थारुको संचालनमा भेला सम्पन्न भएको थियो । थारु मुक्ति मोर्चा नेपालको संयोजक धन कुमारी थारु समानुपातिक प्रदेश सदस्यमा सिफारिस हुनु भएको जिल्ला संयोजक निर्मल जिसिले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology